मिथिलाको कला, संस्कृति र सौन्दर्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘मिस मिथिला नारी सौन्दर्य प्रतियोगिता’ आयोजना हुने लागेको छ। आयोजक पक्षले सोमवार जनकपुरधाममा एक पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्।
काठमाडौंस्थित थर्ड आइ स्टुडियो प्रालिले आयोजना गर्न लागेको सो प्रतियोगिताले मिथिलाको मौलिकता, पहिचान र परम्परागत सौन्दर्यलाई आधुनिक मञ्चमार्फत उजागर गर्ने लक्ष्य लिइएको थर्ड आई स्टुडियोका सीईओ हरिस जैसवाल जानकारी दिए।
उनले यस सौन्दर्य प्रतियोगितालाई मिथिलाको कला, सांस्कृतिक प्रतिनिधित्व गर्ने राष्ट्रिय परियोजनाका रूपमा अघि बढाइएको हो।
उनले भने, ‘हामी मिथिलाको मौलिक पहिचानलाई विश्वसामु प्रस्तुत गर्न लिएका छौँ। सहभागी युवतीहरूलाई प्रतिस्पर्धामा सीमित नराखी उनीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र भविष्य निर्माणमा थप टेवा पुर्याउनेछ।’
आउँदो जेठ १६ गते जनकपुरधाममा र जेठ २३ गते काठमाडौँमा प्रतियोगिताको अडिशन सञ्चालन गरिनेछ भने फाइनल असार २७ गते काठमाडौँमै हुने कार्यक्रम तय गरिएको जनाइएको छ। प्रतियोगितामा सहभागी हुन चाहनेले इ–सेवामार्फत मात्र १०० रुपैयाँ शुल्क तिरेर अनलाइन फारम भर्न सक्ने व्यवस्था गरिएको उनले जानकारी दिएका छन्।
सो प्रतियोगितामा मिथिलाको परम्परागत पहिरन साडी र कुर्ता सुरुवाललाई प्राथमिकता दिइएको छ भने वेस्टर्न ड्रेसलाई पूर्ण रूपमा निषेध गरिएको उनल जनाए। जयसवालले दिएको जानकारी अनुसार प्रतियोगितामा प्रथम हुने विजेताले स्कुटी पुरस्कार प्राप्त गर्नेछिन् भने द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई नगद पुरस्कार प्रदान गरिनेछ।
Shares

प्रतिक्रिया