ad ad

मधेस


आलुको बोराभित्र भेटियो ८३ लाख रुपैयाँ

भारतबाट नेपाल ल्याउने क्रममा बरामद
आलुको बोराभित्र भेटियो ८३ लाख रुपैयाँ

बरामद भएको रकमसहित पक्राउ परेका दुई युवक। तस्बिर : सशस्त्र प्रहरी बल


शैलेन्द्र महतो
असार २१, २०७९ मंगलबार १६:५३, जनकपुरधाम

आलुको बोरामा राखेर नेपाल भित्र्याइरहेको अवस्थामा स्रोत नखुलेको ८३ लाख रुपैयाँ सशस्त्र प्रहरीले धनुषाबाट बरामद गरेको छ।

आलुको बोराभित्र लुकाएर नेपाल ल्याउँदै गरेको ८३ लाख ६४ हजार ५ सय नेपाली रुपैयाँसहित धनुषाको बीओपी इनर्वा सशस्त्र प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका-५ उदहा बस्ने  ३६ वर्षीय ईश्वर मण्डल रहेका छन्। 

त्यसैगरी जनकनन्दिनी गाउँपालिका-५ का १९ वर्षीय राजेश मण्डल पनि पक्राउ परेका छन्। 

उनले ज ७ प ५००७ नम्बरको मोटरसाइकल पछाडि राखेको आलुको बोरामा त्यो रकम राखेका थिए। 

उक्त रकम लुकाएर ल्याउँदै गर्दा चेकजाँचको क्रममा बरामद भएको बीओपी इन्चार्ज एवम् डीएसपी शम्भु कटुवालले जानकारी दिए ।

 उनलाई बरामद श्रोत नखुलेको रकमसहित आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।

उक्त रकम हुन्डी कारोबारीको हुन सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .