नेकपा एमालेले मधेश प्रदेशमा सर्वसम्मत नेतृत्व टुंगो लगाउनेगरी नाम तयार पारेको छ।
एमाले मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका सरोजकुमार यादवले केन्द्रीय नेताले तयार पारेको सहमतिको नाम अहिले मनोनयन हुने बताए।
यादवका अनुसार अध्यक्षमा चन्द्रेश्वर मण्डलको नाम प्रस्ताव छर यस्तै विचारी यादवलाई उपाध्यक्ष, मनोज पौडेललाई सचिव प्रस्ताव गरिएको छ।
उपसचिवमा आरके भण्डारी र मोहम्मद क्यासको नाम प्रस्तावित छ।
‘हामीले सर्वसम्मत रुपमा मधेश प्रदेशको नेतृत्व चयन गर्न प्रस्ताव तयार पारेका छौँ,’ यादवले नेपालखबरसँग भने, ‘अहिले अढाई बजेसम्म नोमिनेसन हुन्छ। त्यसमा सम्भवतः समझदारी हुन्छ।’
अध्यक्षसहित पाँच पदाधिकारीमा अन्य नेताले उम्मेदवारी दिए पनि नेताहरु बसेर सर्वसम्मत नै गर्ने उनले बताए।
एमालेको पहिलोपटक भएको मधेश प्रदेश अधिवेशन असोज २४ गते उद्घाटन भएको हो।
Shares

प्रतिक्रिया