छापा खबर


काठमाडौंमा फैलिएको डेंगु कडा खालको ‘डेन-२’

काठमाडौंमा फैलिएको डेंगु कडा खालको ‘डेन-२’

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार १:४९,

राजधानी काठमाडौंमा यसपटक महामारीकै रूपमा फैलिएको डेंगुलाई कडा मानिने ‘डेन-२’ सेरोटाइप (प्रजाति) को भाइरसले फैलाएको पत्ता लागेको छ।

विज्ञहरूका अनुसार डेन प्रजातिको डेंगु लागेका व्यक्तिलाई भविष्यमा अन्य प्रजातिका डेंगु संक्रमण भए अत्यन्त कडा रूप लिने सम्भावना हुन्छ। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) की निर्देशक डा. रुना झाका अनुसार काठमाडौंका डेंगु प्रभावित ३२ जनाको नमुना परीक्षण गर्दा डेन-२ सेरोटाइपको भाइरसले डेंगु फैलाइरहेको पत्ता लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .