नेपाली खाद्य सामग्रीको चिनियाँ बजारमा निर्यात तीन महिनादेखि रोकिएको छ।
भाषाको कारण देखाउँदै चिनियाँ पक्षले नेपाली खाद्य बस्तु आयातमा रोक लगाएपछि यताबाट निर्याट ठप्प भएको अबर आजको नागरिक दैनिकमा रसुवाबाट हिमनाथ देवकोटाले लेखेका छन्।
यसअघि बिस्कुट, चाउचाउ, चिउरा, मैदालगायत नेपाली उत्पादन चीनमा निर्यात हुँदै आएको थियो।
चिनियाँ भाषामा मात्रै लेखिएका सामग्री आयात हुँदा नेपाली पक्षले चाँचपास गर्न चाडेपछि चिनियाँ पक्षले बदलामा नेपाली बस्तुको प्रवेशमा कडाइ गरेको हो।
लेबलमा चिनियाँ भाषामात्र लेखिएका चिनियाँ बस्तुको भन्सार जाँचपास नगर्ने नीति नेपालले लिएपछि बदलामा चीनले नेपाली खाद्यबस्तु जाँचपास गर्न छाडेको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुन्यविक्रम खड्काले बताए।
चिनियाँ भाषामा मात्रै लेखिएको सामान फिर्ता गर्ने गरेको खड्काको भनाई छ।
‘उसले अहिले चिनियाँ भाषामा लेबलिङ गरेको सामग्री मात्रै निर्यात गर्न दिन्छ,’ उनले भने, ‘हाम्रोमा नेपाली तथा अंग्रजीमा मात्रै लेबलिङ हुनुपर्ने प्रावधान छ।’
प्रतिक्रिया