ad ad

समाज


तीन दिन देशभर मौसम नखुल्ने, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

तीन दिन देशभर मौसम नखुल्ने, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार २:२४,

आगामी तीन दिनसम्म देशभर मौसम सफा नहुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान जारी गरेको बुलेटिनअनुसार शुक्रबारसम्म देशभर आंशिकदेखि सामान्यसम्म बदली हुने भएको हो।

यसबीचमा घाम लागेर मौसम छ्याङ्ग उघ्रिने सम्भावना नरहेको मौसमविद्अले बताएका छन्। 

मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले मध्य र पूर्वी क्षेत्रमा सामान्य(आकाशमा आधाभन्दा बढी बादल) र पश्चिमी भेगमा आंशिक (आकाशमा आधाभन्दा कम बादल) बदली भएको छ।

अपराह्नपछि पोखरा, कपिलवस्तुदेखि पूर्वी क्षेत्रका पहाड तथा तराईका केही ठाउँमा फाटफुट वर्षा हुने सम्भावना देखिएको मौसमविद् नगरकोटीले जानकारी दिइन्।

बेलुकीपख काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्।

यसैगरी आज राति मध्य र पूर्वी पहाडी भेगका थोरै तथा पश्चिमी पहाडका एक वा दुई स्थानमा हल्का वर्षाका साथै उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

यस्तै बिहीबार पनि देशभरको मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने मध्य र पूर्वी भेगका थोरै तथा पश्चिम पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ।

सो दिन राति पनि मौसमी अवस्था यस्तै रहने मौसम महाशाखाले जानकारी दिएको छ।

यस्तै शुक्रबार पनि देशको मौसम खुल्ने छैन।

मौसमविद्का अनुसार यस दिन मध्य तथा पूर्वी भेगमा सामान्य तथा देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ।

सो दिन दिउँसो मध्य र पूर्वी भेगका थोरै स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

सो दिन राति देशका मध्य तथा पूर्वी सामान्य तथा बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ भने मध्य र पूर्वी भेगका एक/दुई स्थानमा हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ।

महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।

मौसमविद्का अनुसार अरब सागरको पूर्वी मध्य भागमा विकसित न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण नेपालमा मौसम बदली भइरहेकाे हाे। 

मौसमविद्का अनुसार मनसुनी वायु (मनसुन) बाहिरिएपछि नेपालमा पश्चिमी वायुको प्रभाव बढेको हाे। अहिले ‘पोस्ट मनसुन’ चलिरहेको उनीहरूको भनाइ छ।

दिनप्रतिदिन तापक्रम घट्दै गएकाले देशभर क्रमशः चिसो पनि बढ्दै गएको मौसमविद्ले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .