कम्तीमा १२ वटा विभिन्न जनावरसँग यौनक्रिडा गरेको अभियोगमा तीन युवकले कठोर सजाय पाएका छन्।
उनीहरूले घोडा, बाख्रा, गाई तथा कुकुर आदि जनावरलाई लगातार ५ वर्षसम्म बलात्कार गरेका थिए। त्यो जघन्य अपराधमा
उनीहरूलाई २० देखि ४१ वर्षसम्मको जेल सजाय सुनाइएको छ।
समाचारअनुसार ३१ वर्षका म्याथ्यु रुबेकर, ३४ वर्षका मार्क मिसनिकोफ तथा ४१ वर्षका टेरी वालेसले अमेरिकाको पनेसिल्भानियास्थित क्लिअरफिल्ड काउन्टीमा उक्त अपराध गरेका थिए।
अदालतमा उनीहरूले जनावरलाई आफूहरूले यौनक्रीडा गरेको स्वीकार गरेका थिए। यो खबर आज (शक्रबार) प्रकाशित साप्ताहिकमा छापिएको छ।
अनौठो त के भने ती अभियुक्तले जनावरसँगको आफ्नो दुराचारको भिडियोसमेत बनाएर बेच्ने गरेका थिए।
12
Shares

प्रतिक्रिया