छापा खबर


सेनाका यौन दुराचारीहरु सोत्तर!

सेनाका यौन दुराचारीहरु सोत्तर!

नेपालखबर
पुस ९, २०७६ बुधबार २:४०,

आफ्नै साथीकी छोरीलाई अनैतिक कार्य गर्न खोजेर जागीरबाट हात धोएका महासेनानी प्रेम थापापछि पूर्वी पृतना हटहरीका लेफ्टिनेन्ट कर्णेल सनिजकुमार रेग्मी आफू मातहतकी जमदारको संवेदनशील अंग मुसारेको अभियोगमा बर्खास्त भएका छन्।

त्यस्तै मेकानिकल इञ्जिनियरिङ तर्फ धनगढीमा कार्यरत एक जना मेजरले सेनाभित्रकै एकल महिलासँग फेसबुकमा नांगिने क्रममा उनकी छोरीको उजुरीको कारण घटुवामा परेपछि राजीनामा दिएका छन्।

आज बुधबार प्रकाशित भएको जनआस्था साप्ताहिकका अनुसार सैनिक हस्पिटल छाउनीमा कुमाल थरकी महिला सिपाहीसँग शारीरिक सम्बन्ध राख्ने जमदार उत्सव महरासहित दुई जनाको पनि जागीर जानुका साथै ३/३ महिना जेल चलान गरिएको छ।

सेनामा प्ले ब्वाईको उपनामले चर्चित महासेनानी दीप सिंहले भर्खरै राजीनामा दिएका छन्।

यसै सिलसिलामा प्रमुख सेनानी अमरसिंह थापा र सुजित खड्काको जागीर जाने पक्का भएको चर्चा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad