छापा खबर


कोरोना भाइरस कति खतरनाक छ?

कोरोना भाइरस कति खतरनाक छ?

नेपालखबर
माघ ११, २०७६ शनिबार ५:११,

विशेषज्ञहरूका अनुसार, चीनमा देखिएर विश्वभर तीव्र गतिमा विस्तार भइरहेको नोवल कोरोना भाइरस धेरै खतरनाक रूपमा प्रस्तुत भइरहेको छ।

हालसम्म कुनै विशिष्ट उपचार नभएको कडा निमोनियालगायतका स्वास्थ्यमा जटिलता ल्याउन सक्ने यो भाइरसले सामान्य रोगदेखि गम्भीर रोगसमेत लगाउन सक्छ।

यो भाइरसको इन्फेक्टिभिटी रेट (संक्रामकताको दर), सिभियरिटी रेट (गम्भीरताको दर) र मर्टिलिटी रेट (मृत्युदर) समेत बढी देखिएको छ ।

‘हालसम्म प्रकाशमा आएका विभिन्न तथ्यांक हेर्दा नोवल कोरोना भाइरसको विस्तारले गर्दा स्थिति भयानक हुन सक्ने देखिएको छ,’ त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास भन्छन्, ‘सार्स र मर्सको तुलनामा यसको सिभियरिटी रेट (संक्रमण भएपछि बिरामी गम्भीर अवस्थामा जान सक्ने दर) धेरै बढी छ ।’

हाल नोवल कोरोना भाइरस देखिएका सबै केसमध्ये करिब २५ प्रतिशतभन्दा बढी केस क्रिटिकल (नाजुक) अवस्थाका देखिएको औंल्याउँदै डा।दास भन्छन्, ‘स्वाइनफ्लु फैलिँदा सम्पूर्ण प्रभावितमध्ये एकदेखि डेढ प्रतिशत केस मात्र नाजुक हुने गरेको थियो।’ यो जानकारी आजको कान्तिपुरमा छापिएको छ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रस अधानोम गेब्रियससले समेत नोवल कोरोना भाइरसबाट हालसम्म संक्रमित भएकाहरूमध्ये एक चौथाइले नाजुक बिरामी भएको अनुभूति गरेको बताए।

यति मात्र नभई हालसम्म सार्वजनिक भएको तथ्यांकअनुसार, नोवल कोरोना भाइरस संक्रमणबाट हुने संक्रमकताको दर, गम्भीरताको दर र मृत्युदरसमेत बढी देखिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad