छापा खबर


कोरोना संक्रमणको आशंकामा चारजना टेकु अस्पतालकाे आइसोलेसन वार्डमा भर्ना

कोरोना संक्रमणको आशंकामा चारजना टेकु अस्पतालकाे आइसोलेसन वार्डमा भर्ना

नेपालखबर
फागुन १९, २०७६ सोमबार २:७,

चीन र दक्षिण कोरियाबाट फर्केका चार नेपाली कोरोना भाइरसको सं‌क्रमण आशंकामा अस्पताल भर्ना भएका छन्।

एक जना चीन र तीन जना दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोलाले बताए।

डा.बाँस्तोलाले यो नियमित प्रक्रिया रहेको भन्दै हालसम्म २३ जनालाई आइसोलेसन वार्डमा राखिएको बताए। आइतबार दिउँसो ३ बजेसम्म दुई जना र बेलुकी थप दुई जना टेकु अस्पताल पुगेका थिए। याे खबर राजधानी दैनिकले छापेकाे छ।

चीनको वुहानमा नेपाली नागरिक लिन गएका चालक दलका १८ जनामै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नरहेको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा उनीहरूमा संक्रमण नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

चालक दलका १८ जनामा कोरोना भाइरसको संक्रमण नरहेको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए। कोरोना परीक्षणका लागि शनिबार उनीहरूबाट नमुना संकलन गरिएको थियो।

उनीहरूलाई नगरकोटस्थित क्वारेन्टाइनमा राखिएको छ । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनाको पनि कोरोना परीक्षणका लागि शनिबार नमुना संकलन गरिएको छ । उनीहरूको नमुना परीक्षण भइरहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad