ad ad

छापा खबर


कोरोना संक्रमण : के हो रोग प्रतिरोधी क्षमता?

कोरोना संक्रमण : के हो रोग प्रतिरोधी क्षमता?

नेपालखबर
बैशाख २०, २०७७ शनिबार ३:१५,

कोरोना भाइरसबारे सोधिने अधिकांश प्रश्नमध्ये केहीको सीधा सम्बन्ध हाम्रो रोग प्रतिरोधात्मक क्षमतासँग जोडिएका छन्। यद्यपि, हामीलाई यसबारे कम जानकारी छ।

प्रतिरोधात्मक क्षमता पत्ता लगाउन भनेर हालसम्म जानाजान कुनै पनि मानवजातिलाई कोरोना संक्रमण गराइएको छैन । तर, यो बाँदरमा भने प्रयोग गरिएको छ । एकजोडी बाँदर दुईपटक संक्रमित भएका छन्।

आजको नयाँ पत्रिका दैनिकका अनुसार हाम्रो शरीरको प्रतिरोधक क्षमताले कुनै पनि संक्रमणविरुद्ध लडेर हाम्रो रक्षा गर्छ । यसका दुई भाग छन् । पहिलो भाग सधैँ तयार हुन्छ। शरीरमा केही आक्रमण भएको चाल पाउनेबित्तिकै तुरुन्तै यो एक्सनमा आउँछ।

यसलाई स्वाभाविक प्रतिरोधक क्षमता भनिन्छ । जब यसले काम गर्न थाल्छ, तब शरीरमा केमिकल प्रभावित हुन्छन्।

प्रतिरोधक क्षमताले हाम्रो शरीरलाई तातो बनाउँछ र सेता रक्त कोषले प्रभावित कोषहरूलाई नष्ट पार्छ । तर, प्रतिरक्षा प्र्रणालीको यस तरिकाले कोरोना भाइरससँग कुनै सीधा सम्बन्ध रहेको छैन । यसले तपाईंलाई कोरोनाबाट रक्षा गर्दैन । खासमा, तपाईंंलाई एक यस्तो प्रतिरोध चाहिन्छ, जसले आवश्यकतालाई अनुकूल गर्न सक्छ।

यस प्रक्रियामा कोष समावेश हुन्छन् जसले विशिष्ट एन्टिबडी उत्पादन गर्छन् । यी एन्टिबडीले भाइरस रोक्नका लागि काम गर्छन् । र, ‘टी–सेल्स’ले भाइरसद्वारा संक्रमित कोषलाई आक्रमण गर्न थाल्छ।

प्रतिरक्षा प्रणालीमा यसलाई सेलुलर प्रतिक्रिया भनिन्छ । जब शरीरमा बिरामी कोषले अन्य कोषलाई हराउँछ । तब, यसले समय लिन्छ । अनुसन्धानले देखाएअनुसार कोरोना भाइरसविरुद्ध लड्न सक्ने सक्षम एन्टिबडी निर्माणका लागि यसले १० दिनको समय लिन्छ।

धेरै बिरामी हुनेहरूमा सबैभन्दा शक्तिशाली प्रतिरक्षा प्रणालीको विकास हुन्छ । यदि हाम्रो प्रतिरोधात्मक क्षमताले समय अनुकूल काम गर्न सक्यो भने यो धेरै शक्तिशाली हुन्छ। यस्तो अवस्थामा संक्रमण धेरै दिनसम्म रहन सक्छ। र, यसले भविष्यको संक्रमणबाट पनि सुरक्षित राख्छ।

केही व्यक्ति छन्, जसलाई कोरोना संक्रमणको हल्का लक्षण हुन्छ या नहुन पनि सक्छ । त्यस्ता व्यक्ति आवश्यक प्रतिरोधात्मक प्रतिक्रिया विकास गर्न सक्षम हुन्छन् भन्नेबारे पूर्ण तथ्य उपलब्ध छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .