छापा खबर


संकलन भएका आँखाका नानी प्रयोग बिहीन

संकलन भएका आँखाका नानी प्रयोग बिहीन

नेपालखबर
साउन १८, २०७७ आइतबार ०:४७,

कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पछिको बन्दाबन्दीको अवधिमा समेत आँखाका नानी निरन्तर रूपमा सङ्कलन भइरहेका छन्।

तर यातायातको असुविधाले सङ्कलन भएका नानी प्रत्यारोपण गर्न माग भएका स्थानमा पुर्‍याउन सम्भव हुन नसकेको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

नेपाल आँखा बैङ्क तीलगङ्गाका निर्देशक शङ्खनारायण त्वयनाका अनुसार तीलगङ्गामै आएका दृष्टिविहीनमा नानी प्रत्यारोपण गरिएको छ । बुधबार नेपाल आँखा अस्पतालमा एउटा नानी दिन सकिएको छ । उनका अनुसार बन्दाबन्दीका बेला पनि शवबाट महिनामा १२ वटा जति नानी सङ्कलन भएका छन्।

उपत्यकाका विभिन्न अस्पताल, विद्युतीय शवदाह गृह र आर्यघाटको परम्पराका चितामा आएका शवबाट नानी सङ्कलन हुने गरेको छ। आर्यघाटमा शवदाह गर्ने मजदुर चन्द्र ढकालका अनुसार शव जलाउने सबै मजदुरले शव जलाउनुअघि नानी प्रत्यारोपण गर्न दान दिन मलामीलाई आग्रह गर्दै आएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad