समाज


अब एक-दुई दिन लगातार झरी हुँदैन तर...

अब एक-दुई दिन लगातार झरी हुँदैन तर...

नेपालखबर
साउन १८, २०७७ आइतबार १:१९,

आगामी एक–दुई दिन लगातार झरी पर्ने सम्भावना नरहेको तर मनसुनका बेला देशभरका केही स्थानमा हल्कादेखि भारीसम्मै वर्षाको सम्भावना रहेको मौमसविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थामा रहेकाले आगामी एक–दुई दिनलाई लगातार झरीको सम्भावना नदेखिएको हो। 

‘तर त्यसो भनेर पानी नै पर्दैन, होसियारी नै अपनाउनु पर्दैन भन्ने पटक्कै होइन,’ मौसमविद् पौडेलले आइतबार बिहान नेपालखबरसँग भने, ‘देशैभर प्रभाव पार्ने, उद्धारै गर्न नभ्याउने गरी लगातार झरीको सम्माभवना मात्र नदेखिएको हो, मनसुनका बेला वर्षा त हुन्छ नै, त्यसकारण बाढीपहिरो, डुबानको जोखिम रहन्छ, सतर्कता अपनाउनैपर्छ।’

अहिले बिहान पनि कञ्चनपुरको महेन्द्रनगर, चितवन, नवलपरासी, गण्डकी प्रदेशका केही ठाउँ, ताप्लेजुङमा वर्षा भइरहेको छ।

काठमाडौं उपत्यकामा भने बिहानैदेखि घाम लागेको छ। तर यहाँ पनि बदली भई वर्षा हुने सम्भावना रहेको उनले बताए।

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम आंशिक बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति पनि देशभर मौसम सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म र प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

उनका अनुसार न्यून चापीय रेखा अहिले नेपाल छोएर रहेको छैन। पूर्वतर्फ यो रेखा सामान्य अवस्थामा छ भने पश्चिमतर्फ केही दक्षिणतर्फ छ। जसले गर्दा लगातार झरीको सम्भावना मात्र नदेखिएको हो। वर्षा यसले मात्र गराउने हाेइन, स्थानीय रूपमा विकास हुने अन्य मनसुनी प्रणालीले पनि वर्षा गराउँछ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुकाे प्रभाव छ।

महाशाखाले आइतबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ- 

‘देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन हुन अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad