हाम्रो आँखामा विभिन्न कारणले डार्क सर्कल बस्छ। यो भनेको आँखाको वरिपरि कालो धब्बा बस्नु हो।
जसले हाम्रो अनुहारको सुन्दरतालाई मात्रै असर गर्दैन, रोगी पनि बनाउँछ।
आजको नयाँ पत्रिकामा ब्युटिसियन सम्झना सुब्बा शर्माले यस्तो कालो धब्बा हटाउने घरेलु उपाय दिएकी छन्।
आवश्यक सामग्री
एक एक चिया चम्चा टमाटर र आलुको रस तथा आवश्यकताअनुसार गुलाब जल।
विधि
टमाटरको रस र आलुको रसको मिश्रण बनाउनुहोस्। मिश्रणमा थोरै गुलाब जल पनि राख्न सकिन्छ। त्यसपछि कालो भागमा मज्जाले लगाउनुहोस्। लगाएको १० मिनेटसम्म राख्नुहोस्।
यो प्रक्रिया दुईदेखि तीन हप्तासम्म दिनको दुईपटक गर्नुहोस्। यसले डार्क सर्कल हटाउँछ। र तपाईंले फ्रेस लुक्स पाउनुहुन्छ। टमाटरमा लाइकोपिन र फाइटोकेमिकल्स हुन्छ, जुन छालाका लागि अत्यन्तै फाइदाजनक मानिन्छ।

प्रतिक्रिया