छापा खबर


नेकपामा माधव नेपाल समूह हावी, कुन पक्षका इन्चार्ज कति?

 नेकपामा माधव नेपाल समूह हावी, कुन पक्षका इन्चार्ज कति?

नेपालखबर
साउन ६, २०७६ सोमबार २:३९,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जका टुंगो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले ७७ जिल्ला इन्चार्ज र सहइन्चार्जका साथै छ महानगरपालिकाका इन्चार्जको टुंगो लगाएको हो।

पार्टी एकीकरण भएको एक वर्षपछि टुंगो लागेको जिल्ला इन्चार्जमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष हावी देखिएको छ। यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

तत्कालीन एमालेको भागमा परेका ५० इन्चार्जमध्ये नेपाल पक्षधर नेताहरुले २१ जिल्लासहित २४ इन्चार्ज हात पारेका छन् भने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली निकट नेताहरुले १९ जिल्लासहित २० इन्चार्ज भेटेका छन्।

त्यस्तै तत्कालीन माओवादीको भागमा परेका ३१ इन्चार्जमध्ये पुष्पकमल दाहाल निकटका २२ र नारायणकाजी श्रेष्ठनिकटका ४ नेताले इन्चार्जको जिम्मेवारी पाएका छन्।

पाँच जिल्ला इन्चार्ज भने ओली र नेपालसँग सुमधुर सम्बन्ध राख्ने नेताले हात पारेका छन्। नेता ईश्वर पोखरेल निकटका कसैले पनि इन्चार्जको जिम्मेवारी पाएनन्।

पार्टीमा पछिल्लो समय शक्तिशाली बन्दै गएको आकलन गरिएका नेता रामबहादुर थापा निकटका ४ र नेता वामदेव गौतम निकटका ४ जना इन्चार्ज बनेका छन्। गृहमन्त्रीसमेत रहेका थापा प्रदेश र जिल्ला कमिटी गठनमा हावी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad