छापा खबर


साउदीमा कोरोनाबाट ६६ जना नेपालीको मृत्यु, ४४ सय संक्रमित

साउदीमा कोरोनाबाट ६६ जना नेपालीको मृत्यु, ४४ सय संक्रमित

नेपालखबर
असोज ६, २०७७ मंगलबार ३:२,

विश्वभर फैलिएको कोभिड १९ को संक्रमणबाट साउदी अरेबियामा कार्यरत ६६ जना नेपालीको मृत्यु भएको छ भने ४ हजार ४ सय  संक्रमित भएका छन्।

साउदी जेद्धा वाणिज्य दुतावास कन्सुल भूवन पौड्यालका अनुसार जेद्धा रिजनमा  कोरोनाबाट हालसम्म १४ जना नेपालीको मृत्यु भएको छ। दुतावास रियादले ५२ जना नेपालीको कोरोनाबाट मृत्यु भएको  जानकारी  गराएको छ।  

साउदीमा  कोरोना संक्रमणबाट रोजगार गुमाएर वा कन्ट्याक्ट सकाएर स्वदेश फिर्ताको लागि तयार रहेका नेपाली निकै समस्यामा परेका छन्। स्वदेश फिर्ताको लागि नेपाली दुतावासबाट नामावली  सार्वजनिक  हुनुपर्ने,  समयमा हवाई उडान नहुने,  हवाई टिकट मुल्य साविकभन्दा बढी तिर्नुपर्ने,  ट्राभल एजेन्सीले सही समय व्यवस्थापन  नगरिदिने, एयरलाइन्स अनुसार पीसीआर रिपोर्ट उपलब्ध गराउनु पर्ने आदि विविध झनझटिलो प्रक्रियाले निराश भएका छन्। 

वाणिज्य दुतावास जेद्धाका अनुसार स्वदेश फिर्ताको लागि तत्काल २  हजार  ६  सय नेपाली तयार  रहनुको साथै  सेप्टेम्बर महिनामा जेद्धा शहरबाट ३ उडान हुनेछ भने ७ सय  ७०  जना  स्वदेश फिर्ता  हुने खबर आजको अन्नपूर्ण पोस्टमा साउदी अरेबियाबाट विष्णु घिमिरेले लेखेका छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad