छापा खबर


निर्मला बलात्कार र हत्या प्रकरणः गृहमन्त्रीको अभिव्यक्तिप्रति विष्ट परिवारको आपत्ति

निर्मला बलात्कार र हत्या प्रकरणः गृहमन्त्रीको अभिव्यक्तिप्रति विष्ट परिवारको आपत्ति

नेपालखबर
साउन १३, २०७६ सोमबार २३:३४,

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकाको सुई घुमिफिरी पुनः दिलीप विष्टतर्फ फर्किएपछि उनका आफन्तले त्यसको प्रतिवाद गरेका छन्।

गृहमन्त्री रामबहादुर थापाले सोमबार राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा डीएनए परीक्षण नमिलेका कारण मात्रै विष्टलाई दोषी किटान गर्न नसकिएको बताएका थिए।

दिलीपका दाइ खडकले एकचोटि निर्दोष सावित भएको व्यक्तिलाई पुनः त्यही मुद्दामा फसाउन खोजिएको आरोप लगाए। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘मुख्य अपराधी जोगाउन पुनः दिलीपलाई दोषी देखाउन खोजिँदै छ,’ उनले भने, ‘दिलीप दोषी भए एसपीसहितका प्रहरीमाथि किन कारबाही भयो?’

निर्मलाको बलात्कारपछि हत्या भएको २६ औं दिनमा जिल्ला प्रहरी कार्यालयले दिलीपलाई अपराधीका रूपमा सार्वजनिक गरेको थियो। त्यसपछि महेन्द्रनगरमा आन्दोलन चर्किएको थियो।

डीएनए नमिलेपछि दिलीपलाई प्रहरीले २६ औं दिनमा हिरासतमुक्त गरेको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले थुप्रै व्यक्तिमाथि अनुसन्धान चलिरहेको बताए।

उनले एउटै व्यक्तिमाथि पटकपटक अनुसन्धान गर्न सकिने र त्यसलाई निगरानीमा राख्न सकिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad