छापा खबर


जब बलात्कारको अभियोगमा सेनाका मेजरलाई प्रहरीले पासो थापेर समात्यो...

जब बलात्कारको अभियोगमा सेनाका मेजरलाई प्रहरीले पासो थापेर समात्यो...

नेपालखबर
साउन २९, २०७६ बुधबार १:५५,

प्रहरीले सेनाको मेजरलाई हप्तौँदेखि पासो थापेर समात्यो।

‘लैजान पाइँदैन, हाम्रो आफ्नै सिस्टमबाट कारबाही गर्छौँ’ भन्दै पूर्वी पृतनाका सैनिक अधिकारी कराउन पुगे डिएसपी समिरचन्द्र खरेललाई।

दुई महिनाको प्रयासपछि इटहरी, हलगाडाचोकबाट सेनानी अजितप्रताप सिंह पक्राउ परेपछि उनलाई आफ्नै ब्यारेकमा लगेर ममला राफसाफ बनाउने प्रयास अन्ततः असफल भएको खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

मेजर पक्राउलगत्तै इनरुवास्थित जिल्ला अदालतमा म्याद थप्न लगिँदा सेनाको गाडी पछिपछि थियो।

प्रहरीलाई लाग्यो– भनेर नमानेपछि खोसेर भए पनि लैजाने योजना होला। त्यसैले म्याद थप्नुअघि नै सरकारी वकिल र न्यायाधीशलाई उक्त प्रयासबारे जानकारी दिइयो।

फलस्वरुप सेना पछि हट्न बाध्यभयो।

त्यसो त यस्ता कसुरमा सैन्य अधिकृतहरु समातिँदा जहिले पनि लैजाने र आफैँ कारबाही गर्छौं भन्ने श्रृंखला पुरानै हो।

०७४ सालको पुस १४ गते बुद्धनगरमा १४ वर्षीया बालिका बलात्कारको अभियोगमा मेजर प्रभवबिक्रम शाह तीनकुने प्रहरी बृत्तको टोलीद्वारा समातिएका थिए।

उनी चौकी नपुर्याइँदै सेनाको टुकडी बानेश्वरमै बाटो छेक्न पुगिसकेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad