आज (बुधबार) देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
साथै पहाडी भेगका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत रहेको मौसमविद्ले बताएका छन्।
मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले पश्चिमका थोरै स्थानमा पानी परिरहेको छ। दिउँसो वा अपराह्नपछि मध्य र पूर्वी क्षेत्रका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना छ।
उनका अनुसार दिउँसो वा अपराह्नतिर पूर्वदेखि पश्चिमसम्मका पहाडी क्षेत्रका कुनै पनि एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै आज राति देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने तथा पूर्वी तथा पश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति भने चट्याङ पर्ने सम्भावना नरहेको मौसमविद् नगरकोटीले बताइन्।
मौसम पूर्वानुमान महाशाखले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– मेघगर्जनचट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ। जसले गर्दा चुरे वाट बहने नदीमा बहाव आकस्मिक वृद्धि हुन सक्ने भएकाले नदी आसपासमा रहनेहरू सतर्क रहुनुहोला। यसका साथै सडक यातायातमा पहिरोरभू(क्षयका कारण अवरोध आउन सक्ने भएकाले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।
तीन दिनपछि अविरल वर्षाकाे सम्भावना
माैसमविद् नगरकाेटीका अनुसार अनुसार न्यून चापीय रेखा उत्तर सर्ने क्रम रहेकाले त्यो तीन दिनपछि नेपाल नजिकै आउने सम्भावना छ।
‘आज र भोलि मौसम हिजोकै जस्तै रहन्छ,’ मौसमविद् नगरकोटीले बुधबार बिहान नेपालखबरसँग भनिन्, ‘पर्सिदेखि भने देशभर भारी वर्षा हुने सम्भावना छ, अविरल वर्षा पनि हुन सक्छ।’
आगामी तीन दिनको मौसम पूर्वानुमान
श्रावण २९ गते बुधबार
दिउँसो : देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशको पूर्वी तथा पश्चिमी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
श्रावण ३० गते बिहीबार
दिउँसो : देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिमका केही स्थानमा साथै मध्य तथा पूर्वका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशको पश्चिमी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशका धेरैजसो स्थानमा सामान्यतया बदली देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशक पश्चिमी तथा मध्य भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
श्रावण ३१ गते शुक्रबार
दिउँसो : देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्यसम्म बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका पश्चिमी तथा मध्य भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशभरी सामान्यतया बदली रही पश्चिमका केही स्थानमा साथै पूर्व तथा मध्यका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशको पूर्व तथा मध्य भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
स्रोत : मौसम पूर्वानुमान महाशाखा
Shares

प्रतिक्रिया