छापा खबर


अख्तियारका पूर्वप्रमुख बस्न्यात सपरिवार भारत छिरेकै हुन् त सुटुक्क?

अख्तियारका पूर्वप्रमुख बस्न्यात सपरिवार भारत छिरेकै हुन् त सुटुक्क?

नेपालखबर
साउन २९, २०७६ बुधबार ३:१०,

पत्याउनुहुन्छ, एउटा मान्छेको सम्पत्ति राष्ट्रियकरण गर्दा देशको कूल बजेटको दुई प्रतिशत रकम त्यहींबाट निस्किन्छ! झट्ट सुन्दा पत्यार लाग्दैन, तर अख्तियारमा यस्तो उजुरी दर्ता भएर प्रक्रिया अघि बढेको छ, साउन २० गतेदेखि।

अख्तियारकै पूर्वप्रमुख दीप बस्न्यातविरुद्ध हत्पाको दुई-तीनवटाका दरले उजुरी परिरहेका छन्। यस क्रममा बालुवाटारको बहुचर्चित ललिता निवास प्रकरणमा सबै चाँजोपाँचो मिलाएको, भाटभटेनीका साहुजी मीनबहादुर गुरुङको नामको आधा जमिन उनको रहेको, ‘ड्राइभर भाइचा’, ‘नारायणचा’ जस्ता नक्कली मोही उनैले शोभाकान्त र रामकुमारसँग मिलेर खडा गरेको जस्ता आरोप छन्।

यस्ता उजुरी प्रमुख नवीन घिमिरेले तोक लगाउँदै ‘सम्पत्ति’ तिर पठाइरहेका छन्। छानबिन कमिटीले पनि अध्ययन गर्दैछ। प्रमुख आयुक्तले तोक लगाएको उजुरीमा, दीप बस्न्यात केही महिनाअघि प्रहरीको स्एकर्टिङमा झापाको काँकडभिट्टा हुँदै सपरिवार भारत छिरेको प्रसंग छ।

यसरी सीमापार गराएका उनले सुनचाँदीसहितको गरगहना कलकत्तामा महावाणिज्यदूत भएका बेला खोलेको लकर तथा बैंक खातामा जम्मा गरेको उजुरीमा उल्लेख छ। यो खबर आज साउन २९ को जनआस्था साप्ताहिकले छापेको छ।

उनले घरेलु सहयोगी दुर्गाकुमारी देवीको नाममा घर–जग्गा राखेको, केही समयअघि अख्तियारबाट हटाइएकी राधा श्रेष्ठको नामबाट सम्पत्ति वापस लिइसकेको तथा उनको घर खानतलासी गर्दा त्यहाँबाट अर्बाैं सम्पत्ति तथा गरगहना जफत हुन सक्ने दाबी उजुरीमा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad