समाज


घरबेटी महिलालाई बलात्कार गर्ने डेरावाला पक्राउ

घरबेटी महिलालाई बलात्कार गर्ने डेरावाला पक्राउ

नेपालखबर
साउन २९, २०७६ बुधबार ३:२३,

पाँचखाल नगरपालिकास्थित दुई स्थानमा भएका दुई बलात्कार घटनाका फरार आरोपिलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ।

पाँचखाल नपा–४ शिखरपुरमा डेरागरी बस्ने ३१ वर्षका सुनबहादुर लामाले घरधनी महिलालाई गत जेठ २३ गते राति १ बजे जबर्जस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट लामाले ती महिलालाई पटक–पटक धम्क्याएर अन्तिमपटक असार २६ गते जबर्जस्ती करणी गरेका थिए।

“मेरो परिवारलाई भोज छ भनी बोलाएर खुवाइसकेपछि म सुतिरहेको अवस्थामा राति १ बजे जबर्जस्ती ग¥यो, कसैलाई भने मारिदिन्छु भनेर पटक–पटक धम्क्याएर जबर्जस्ती गरिरहेपछि सहन नसकी प्रहरीकोमा उजुरी गरेँ” ३३ वर्षीया पीडित महिलाले भनिन्।

लामा ०७२ देखि पाँचखालमा डेरा गरी बस्दै आएका थिए। घटनापछि पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि लामा फरार थिए।

प्रहरीले सोमबार लामालाई पक्राउ गरेर मङ्गलबार जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ।

यसैगरी, पाँचखाल नपा–१ अनैकोटका ५७ वर्षीय इमानसिं तामाङ पनि बलात्कार आरोपमा पक्राउ परेका छन्।

गत असार १३ गते बिहान आफ्नो बारीमा मकै गोड्न बोलाएर स्थानीय ३७ वर्षकी महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका तामाङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

बिहान ९ बजे उनकै बारीमा मकै गोडिरहेको अवस्थामा मुख थुनेर तामाङले जबर्जस्ती करणी गर्दा महिलाले चिच्याएर हारगुहार मागेकी थिइन्।

उद्धारका लागि गाउँले पुग्दा तामाङ भागेका थिए। तामाङलाई सोमबार जिल्ला अदालतबाट म्याद थप गरी हिरासत राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad