छापा खबर


आत्महत्याअघि के-के गरेका थिए शालिकरामले ? यस्ताे छ कहानी

आत्महत्याअघि के-के गरेका थिए शालिकरामले ? यस्ताे छ कहानी

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार २:२,

नारायणगढ, चितवनको पोखरा बसपार्कस्थित कंगारु होटमाल गत २० गते आत्महत्या गरेका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी किन चितवन नै पुगेका थिए भन्ने तथ्य खुलेको छैन।

तर प्रहरी बयानमा माउन्टेन टेलिभिजनका क्यामेरामेन ओमबहादु भुजेलले शाकिलरामले चतिवनको रामनगरस्थित एक होटलमा स्टिङ गर्न जान्छु भनेर चितवन गएको बताएका छन्।

भुजेल मृतक पत्रकार शालिकरामले नै चलाउने कार्यक्रम मिसन न्युजसँग आबद्ध थिए।

२० गते बिहान ८ बजेर १५ मिनेटमा शालिकराम गोंगबु बसपार्क पुगेको देखिन्छ। त्यति नै बेला उनले प्रेमिका अस्मिता र श्रीमती सम्झनलाई फोन गरेको प्रहरीले टेलिकमबाट लिएको कलडिटेलमा देखिन्छ। ९ बजेर ४५ मिनेटमा उनको मोबाइलले कलंकीको टावर टिपेको थियो।

त्यसको ३ घण्टापछि भने मलेखु टावरमार्फत उनको मोबाइलले काम गरेको देखिन्छ। प्रहरीका अनुसार मलेखु पुगेपछि पनि उनले श्रीमती सम्झनालाई फोन गरेका थिए। यो खबर आजको साप्ताहिकमा छापिएको छ।

साढे ३ बजे उनी कंगारु होटलमा पुगेर कोठा नम्बर २०२ बुक गरेको पाइन्छ। लगत्तै उनी डोरी किन्न पोखरा बसपार्कस्थित ब्रदर्स पसल पुगे। उक्त पसलमा काम गर्नै योगेन्द्रबहादुर राजवंशीले शालिकरामले साढे ३ बजे आफ्नो पसलबाट डोरी किनेर लगेको समेत पुष्टि गरेका छन्। प्रहरीले प्राप्त गरेको सीसीटीभी फुटेजमा पनि शालिक राम डोरी किन्न पसलमा पुगेको पाइएको छ।

डोरी किनेर ३ बजेर ४५ मिनेटमा उनी होटलको कोठामा फर्किएका थिए। त्यसलगत्तै उनले भिडियो बनाएको देखिन्छ। अदालत र प्रहरी स्रोतबाट प्राप्त विभिन्न कागजात अध्ययन गर्दा शालिकराम आत्महत्या नै गर्न नारायणगढ पुगेका थिए वा अन्य पनि केही कारण थियो भन्ने खुल्न सकेको छैन। तर चितवन जानुपहिले पत्रकार शालिकराम मानसिक रूपमा समेत तनावग्रस्त रहेको पाइन्छ।

आत्महत्या प्रकरणमा थुनामा परेकी रुकु भनिने अस्मिता कार्कीको साथीले समेत आफ्नो बयानमा चितवन जानुपूर्व शालिकरामले आफूलाई फोन गरेको बताएकी छन्।

आत्महत्याको केही दिनपहिले शालिकरामले अस्मिताकी तिनै साथीलाई फोन गरी आफूले अस्मितालाई छाड्दै छु भनेका थिए। आत्महत्याको दिन बिहान ६ बजेर ४५ मिनेटमा शालिकरामले अस्मिताकी ती साथीलाई फोन गरेर दिउँसो साढे १२ बजे भेट्न आउने कुरा बताए। अस्मिताकी साथीले आफ्नो प्रहरी बयानमा भनेकी छन्, ‘जरुरी काम छ, तर यो कुरा अस्मितालाई नभन्नू भनेका थिए, तर त्यसपछि उनले मलाई फोन गरेनन्।’

प्रहरी बयान क्रममा ती साथीले शालिकरामले आफू अविवाहित भनेर झुक्याएको विषयमा अस्मिताले चित्त दुखाएको कुरासमेत बताएकी छन्। अस्मिताले आफूसँगको कुराकानीमा शालिकरामले आफूलाई अझै पनि झूटो बोली दुःख दिइरहेको कुरा उनको बयानमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad