छापा खबर


काठमाडौंमा गुठीको करोडौंको सम्पत्ति दुरुपयोग, ७ रोपनीको भाडा ६ हजार

काठमाडौंमा गुठीको करोडौंको सम्पत्ति दुरुपयोग, ७ रोपनीको भाडा ६ हजार

नेपालखबर
भदौ २१, २०७६ शनिबार १:१८,

काठमाडौं महानगरपालिका-१ नक्साल नारायणचौरस्थित हरिहर नारायण गुठीको करोडौंको सम्पत्ति दुरुपयोग भएको छ।

गुठी संस्थानले हरिहर नारायण गुठीको ६ रोपनी १४ आना ३ पैसा १ दाम जग्गा अत्यन्त कम मूल्यमा भाडामा लगाएको हो। राष्ट्रिय सतर्कता केन्द्रको छानबिनमा गुठीबाट सस्तोमा लिएर महँगोमा भाडा लगाएको पाइएको छ।

केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले कौडीको भाउमा लिएर महँगोमा भाडा लगाएको उजुरीका आधारमा छानबिन गरेको बताए। टेन्डरै नगरी कौडीको भाउमा भाडामा लगाएको उजुरी परेपछि केन्द्रले छानबिन गरेको हो। यो खबर आजको अन्नपूर्ण पोस्टमा सुरेन्द्र काफ्लेले लेखेका हुन्।

छानबिन प्रतिवेदनअनुसार संस्थानले उक्त जग्गा सत्य साई केन्द्र र हरिहर नारायण समाजलाई मासिक तीन–तीन हजारमा भाडामा लगाएको छ। समाजले गुठी जग्गामा बनेका सटरबाट मासिक २० हजारका दरले भाडा उठाइरहेको छ।

जग्गा भाडा सम्झौतामा सटरमा मदिराजन्य वस्तु खरिदबिक्री गर्न नपाइने व्यवस्था छ। तर समाजले भाडा लगाएको सामुदायिक भवनको उत्तरतर्फको सटरमा मदिराजन्य वस्तुको व्यापार भइरहेको छ।

जग्गामा उत्तरतर्फ ३ तले पक्की भवनमा सत्य साई केन्द्रद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य केन्द्र छ। उत्तरपूर्वी भागको पक्की भवनमा साई केन्द्रको कार्यालय छ। दुई भवनको बीचमा हरिहर नारायणको मन्दिर छ भने सत्य साई केन्द्रको कम्पाउन्डको दक्षिणपट्टि बगैंचा छ।

त्यहीं १२ आना जग्गामा बनेको तीनतले भवनमा हरिहर नारायण समाजको कार्यालय छ। भवनको तल्लो तलाको २ कोठा सामुदायिक प्रहरीले प्रयोग गरेको छ। अन्य सटर रेस्टुरेन्ट र पसललाई भाडामा लगाएको पाइएको केन्द्रले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad