छापा खबर


दसैंमा काठमाडौँमा खसीबोका चरम अभाव हुने, किन हुँदैछ यस्तो?

दसैंमा काठमाडौँमा खसीबोका चरम अभाव हुने, किन हुँदैछ यस्तो?

नेपालखबर
भदौ २१, २०७६ शनिबार १:४६,

यस वर्ष भारतबाट खसीबोका आयात ठप्प भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार ०७५ साउनमा दसैंलाई लक्षित गरी ३७ करोड २१ हजार रुपैयाँका ४५ हजार ७ सय ९८ खसीबोका आयात भएका थिए।

०७६ भदौ २० सम्म भारतबाट खसीबोकाको आयात ठप्प छ। विभाग स्रोतका अनुसार यस वर्ष भदौ २० सम्म एउटा पनि खसीबोका भारतबाट आयात भएको छैन।

सरकारले भन्सारमा भारतबाट खसीबोका आयतमा कडाइ गरेको छ। यो खबर आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन्।

कागजपत्रमा निर्यातयोग्य, रोगमुक्त र रोगको खोप लगाएको प्रमाणित हुनुपर्छ।

यो व्यवस्था लागू भएसँगै भारतबाट खसीबोका आयात कम भएको छ।

यस्तै अबस्था रहे दसैंमा काठमाडौँमा मात्रै ३० हजार खसीबोका अपुग हुने व्यवसायीले जनाएका छन्।

सरकारले दसैंलाई लक्षित गरी काठमाडौँको लागि ३ हजार खसीबोका र चयाङ्ग्रा खरिद गर्ने तयारी गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad