नेकपा नेता भीम रावलले पूर्वप्रधानमन्त्री डा. बाबुरा भट्टराईले लाज पचाएर दौरा सुरुवाल लगाएको आरोप लगाएका छन्।
काभ्रेको बनेपामा संविधान दिवसका अवसरमा आयोजित औपचारिक राष्ट्रिय पोसाक घोषणामा नागरिकको भूमिका विषयक विचार गोष्ठीमा बोल्दै नेता रावलले देशव्यापी भ्रमणका क्रममा दौरा सुरुवाल लगाउनु लजास्पद भएको टिप्पणी गरेका हुन्। याे खबर आजको राजधानी दैनिकमा छापिएको छ।
प्रधानमन्त्री भएका बखत नेपालीको औपचारिक पोसाक दौरा सुरुवाल अनिवार्य नगर्ने भट्टराई देशव्यापी अभियानमा अर्कासँग दौरासुरुवाल मागेर लगाउनु लज्जास्पद भएको बताए।

प्रतिक्रिया