सरकारी तथ्यांक भन्छ– गत वर्ष सबै नेपालीको घरायसी खर्च २२ खर्ब ९८ अर्ब रुपैयाँ भएको थियो। यसपालि झन्डै २४ खर्ब पुग्ने अनुमान छ। दसैं यस्तो चाड हो– जसमा वर्षभरिको खर्चको एकतिहाइ सकिन्छ।
त्यस आधारमा यो दसैंमा ८ खर्ब रुपैयाँ सकिँदै छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा पुष्पराज आचार्यले विस्तृत रूपमा लेखेका छन्।
त्यसको ४० प्रतिशत नगद ननिकाले पनि हुन्छ। जस्तो– आफ्नै उत्पादन, सरसामान आदि। ६० प्रतिशत भने पैसे चाहिन्छ। यसरी हेर्दा यो दसैंमा ५ खर्ब रुपैयाँ प्रवाह हुन्छ।

प्रतिक्रिया