छापा खबर


किन छोइनसक्नु भयो प्याज ?

किन छोइनसक्नु भयो प्याज ?

नेपालखबर
असोज १२, २०७६ आइतबार १:८,

दसैँ पर्वको मुखमै प्याजको मूल्य आकासिएको छ।

अधिकांश खानाका परिकारमा अत्यावश्यक प्याजको मूल्य एकाएक बृद्धि भएपछ माग घटेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सलमान खानले लेखेका छन्।

मूल्यवृद्धि भएसँगै बजारमा प्याजको माग घटेको छ। दैनिक २० टन बिक्री हुने प्याज अहिले पाँच टनमा झरेको छ।

भारतमा यस वर्ष प्याज उत्पादनमा आएको कमीले नेपालमा असर परेको हो।

भारतमा ढिलो गरी सुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्यबृद्धि भएको बताइएको छ।

‘वर्षाले भारतमा ठूलो मात्रामा प्याज खेती नष्ट भएको छ,’ प्याज आयातकर्ता एवं अम्बे इन्टरनेशनलका सञ्चालक मोहन बानियाँले भने, ‘जसको असर मूल्यमा परेको हो। अहिले आयात भइरहेको प्याज पुरानो स्टक हो’

भदौदेखि प्याजको मूल्यबृद्धि हुन सुरु भएको थियो। प्याज व्यापारीका अनुसार साउनमा प्याजको थोक मूल्य प्रतिकिलो २५ रुपैयाँ थियो।

भदौमा ४० रुपैयाँ पुग्यो। असोज लगत्तै प्याजको मूल्य ह्वात्तै बढेर ९५ रुपैयाँ प्रतिकिलो पुगेको छ।

तर, सर्वसाधारणको भान्सासम्म पुग्दा प्रतिकिलो एकसय २० देखि ३० सम्म पर्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad