बाघका डमरुहरू वयस्क हुँदै जाँदा आफू हुर्केका क्षेत्र छाड्छन्। विचरणका नयाँ क्षेत्र खोज्छन्।
पुगेका नयाँ ठाउँमा त्यहाँका भालेसँग लडाइँ पर्छ। जसले जित्छ, उसैले त्यहाँका बघिनीसँग संसर्ग गर्छ। हार्ने घाइते हुन्छ, मारिन्छ।
एउटै पोथीसँग सहवास गर्न चाहने धेरैवटा भालेबीच पर्ने झगडा थुप्रै बाघका लागि घातक हुन्छ।
नेपालका संरक्षित क्षेत्रमा त्यस्ता लडाइँमा वयस्क बाघ मारिने क्रम संरक्षणकर्मीका लागि चिन्ताको विषय बनेको छ। यो खबर आजको कान्तिपुरमा अब्दुल्लाह मियाँले लेखेका छन्।
संख्या थपिएको अनुपातमा एकातिर बाघको विचरण क्षेत्र घट्नु, अर्कातिर त्यहाँ उपलब्ध हुनुपर्ने आहारा प्रजातिको वृद्धि दर पनि अपेक्षित नहुनुले चिन्ता बढाएको हो।

प्रतिक्रिया