फोटोफिचर


नारायणी किनारमा सुरु भयो एमाले महाधिवेशन (फोटो फिचर)


विक्रम राई
मंसिर १०

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा चितवनको नारायणी किनारमा सुरु भएको छ।

शुक्रबार मध्यान्ह १२ बजेदेखि विशेष सांस्कृतिक कार्यक्रमसहित एमालेको महाधिवेशन सुरु भएको हो।

एमालेले महाधिवेशनमा सहभागी गराउन देशभरबाट लाखौँ कार्यकर्ता र समर्थक नारायणी किनारमा उतारेको छ।

एमालेको महाधिवेशनमा करिब ५ लाख मानिस ल्याइएको दाबी नेताहरुले गरेका छन्। 

महाधिवेशनको सुरुमा विभिन्न ७२ जना कलाकारहरुले एकै साथ मञ्चबाट गीत गाएर आगन्तुकलाई स्वागत गरे।

त्यस्तै चितवनसहित देशभरबाट आएका अनेक जातजातिका सांस्कृतिक झाँकी र कला उद्घाटनस्थलमा देखाइएको छ। 

अहिले एमाले प्रवक्ता प्रदीप ज्ञवालीले कार्यक्रमलाई अघि बढाइरहेका छन्। त्यहाँ देशदेखि विदेशबाट बोलाइएका अतिथिहरू पुगेका छन्।

एमालेको महाधिवेशन हेर्न दूधे नानीहरू बोकेर पनि सर्वसाधारण चितवन पुगेका छन्। 

मंसिर १०, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .