ad ad

फोटोफिचर


कांग्रेस महाधिवेशन : शक्ति प्रदर्शन गर्दै मनोनयन (फोटो फिचर)


विक्रम राई
मंसिर २५, २०७८ शनिबार १७:५१, काठमाडौँ

नेपाली कांग्रेसको जारी चौधौं महाधिवेशनले भृकुटीमण्डप क्षेत्र अहिले देशको राजनीतिको केन्द्रविन्दुमा परेको छ।

महाधिवेशनमा नेतृत्व हत्याउन नेताहरुबीचको प्रतिस्पर्धा कुनै दुई दलबीचको चुनाव भन्दा कम थिए। 

विभिन्न चारवटा प्रष्ट गुटसहित कांग्रेस नेताहरु मैदानमा उत्रिएका हुन्। सभापति शेरबहादुर देउवाले तेस्रो धारमा कृष्ण सिटौलासँग मिलेर सभापतिमा उठ्दा इतर समूह विभाजित भएको छ।

इतर समूहबाट शेखर कोइराला र प्रकाशमान सिंह मैदानमा छन्। उता देउवालाई छाडेका विमलेन्द्र निधिले पनि एक्लै उम्मेदवारी दिएका छन्। 

कांग्रेस सभापतिका लागि गोरखाका युवराज न्यौपाने र नेता कल्याण गुरुङले पनि उम्मेदवारी दिएका छन्। तर प्रतिस्पर्धा ठूला चार नेताबीच हुनेछ।

उम्मेदवारी दर्ताका क्रममा गुट र नेता पनि छिन्नभिन्न भएका छन्। प्रवक्ता विश्वप्रकाश शर्माले प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका छन्

उता सुजाता कोइरालाले आफ्नै परिवारका शेखर कोइरालालाई नसघाएर प्रकाशमानकै प्यानलबाट सभापतिमा मनोनयन गरेकी छन्। 

नेताहरु मनोनयन गर्न राष्ट्रिय सभागृहमा आउँदा कार्यकर्ता पनि विभाजित भए। वरिष्ठ नेता रामचन्द्र पौडेल पाखा लागेको अवस्थामा गुट उपगुटमा विभाजित कार्यकर्ता पनि आफ्नो पक्षमा नेता आउँदा नाराबाजी गरिरहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .