फोटोफिचर


बौद्धमा यसरी मनाइयो सोनाम ल्होसार (तस्बिरहरु)


विक्रम राई
माघ १९, २०७८ बुधबार १९:२७, काठमाडौँ

तामाङ समुदायले बुधबार सोनाम ल्होसार पर्व अर्थात् नयाँ वर्ष मनाएका छन्। 

कोरोना महामारीका कारण तामाङ समुदायले बृहत् रुपमा ल्होसार मनाउन पाएनन्। 

बुधबार काठमाडौंको बौद्ध स्तुपामा जम्मा भएर तामाङ समुदायले सोनाम ल्होसारका अवसरमा खुसी साटासाट गरेका छन्।

शान्तिका अग्रदूत गौतम बुद्धको प्रतीकका रुपमा रहेको बौद्ध स्तुपामा जम्मा भएर तामाङ समुदायले बत्ती बालेका छन्। 

पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम गरेको छ। यस वर्ष नयाँ भेरिएन्टसहितको कोरोना महामारीका कारण औपचारिक कार्यक्रम भएनन्। 

समितिका कार्यकारी निर्देशक वसन्त लामाले यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर बौद्ध क्षेत्रका चैत्यमा कार्यसमिति सदस्य, सल्लाहकार मात्र बसेर पूजापाठ गरी ल्होसार मनाइएको बताए। 

माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

ल्होसार पर्व मनाउन आज देशभर विविध कार्यक्रम हुँदै छन्। मञ्जुश्री पात्रोअनुसार आज २८५८ औँ वर्ष सुरु भएको हो। बुधबारदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ। 

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .