ad ad

फोटोफिचर


पशुपतिमा महाशिवरात्रि, आजैदेखि भक्तजन र साधुसन्तको भीड (तस्बिरहरु


विक्रम राई
फागुन १६, २०७८ सोमबार १९:६, काठमाडौँ

सोमबार मनाइने महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने भक्तजन र साधुसन्तको भीड आजैदेखि लागेको छ।

शिवरात्रिमा नेपाल तथा भारतबाट समेत लाखौँ भक्तजन र बाबाजीहरु आउने गर्छन्। 

भगवान महादेवको आराधना गरिने शिवरात्रिको अघिल्लो दिनदेखि विभिन्न भेषभूषाधारी बाबाजीहरुले पशुपति परिसर ढाकिसकेका छन्। 

शिवारात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा झिलिमिली बनाइएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनसँगै महाशिवरात्रिका बेला अहिले यस क्षेत्रलाई  रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले सजाइएको हो।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाइएको छ।

त्यसका लागि करिव ५० लाख खर्च भएको छ। यसैगरी पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्र पनि बनाइएको छ। 

महाशिवरात्रि नजिकिएसँगै पशुपति क्षेत्रमा चहलपहल निकै बढेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .