ad ad

फोटोफिचर


टुँडिखेलमा नेपाली सेनाको बढाइँ (तस्बिरहरु)


विक्रम राई
फागुन १७, २०७८ मंगलबार १५:२०, काठमाडौँ

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ। 

उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएर अवलोकन गरेकी छन्। 
 

राष्ट्रपति भण्डारीले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्दै सेनाद्वारा प्रदान गरिएको सलामी ग्रहण गरिन्। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्। 
 
नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ ।
       
नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गरेको छ। त्यस क्रममा ‘सेना दिवस–२०७८’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो। 

समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ  गरेको थियो। बढाइँ कवाज अन्तर्गत राइफलद्वारा पाटा–पाटा लहरे र एकट्ठा प्रस्तुत गरियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .