ad ad

फोटोफिचर


म्यादी प्रहरीमा जागिर खान आवेदन दिनेको भीड (फोटो फिचर)


विक्रम राई
चैत ६, २०७८ आइतबार १२:५, काठमाडौँ

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिनेको भिड लागेको छ। राजधानीका तीनवटै प्रहरी परिसरमा आवेदन दिनेको लामो लाइन छ। 

काठमाडौं प्रहरी परिसरमा ८ सय जनाले फर्म लगिसकेको परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। आवेदन खुलेसँगै बिहानैदेखि फर्म भर्नेहरू लाइन लागेका हुन्।

काठमाडौं परिसरले २ हजार ७ सय ६७ जना म्यादी भर्ना गर्नेछ। तर निर्वाचन आयोगले मतदान केन्द्र तोकिसकेपछि केही संख्या बढ्ने सक्ने एसपी मैनालीले बताए। 

‘अहिले हामीले २ हजार ७ सय ६७ जना कोटा तोकेका छौं। तर निर्वाचन आयोगले मतदान केन्द्र तोकेपछि सुरक्षा मापदण्ड अनुसार संख्या थप हुनसक्छ’, मैनालीले नेपालखबरसँग भने। 

ललितपुर प्रहरी परिसरमा एक सय जनाको आवेदन परिसकेको एसपी सिद्धिविक्रम शाहले बताए। ललितपुर परिसरमा १२ सय ५ जना भर्ना गरिने छ। ‘महिला र पुरुषको कोटा त तोकिएको छैन। तर हामी मिलाएर भर्ना गर्छौं’, एसपी शाहले नेपालखबरसँग भने। 

भक्तपुरमा साढे ७ सय जना भर्ना गरिने छ। अहिलेसम्म २ सय ५० जनाले फर्म लगिसकेको डीएसपी राजु पाण्डेले बताए। २०७४ सालको निर्वाचनमा भक्तपुरमा ७१९ जना म्यादी भर्ना गरिएको थियो। 

देशभर एक लाख म्यादी भर्ना गर्ने सरकारले निर्णय गरेको छ। आवेदन सबै जिल्ला प्रहरी कार्यालयमा दिन सकिनेछ। १८ वर्ष पूरा भएका ५४ वर्षसम्मका नागरिकले म्यादीमा आवेदन दिन सक्नेछन्। 

यसअघिका म्यादी प्रहरी र भुपू सुरक्षाकर्मीहरुलाई प्राथमिकता पाउने छन्। छनौट भइसकेकालाई एक साता तालिम दिएर खटाउने सरकारको निर्णय छ। म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउने छन्।

म्यादीका लागि चैत ११ गतेसम्म आवेदन दिन सकिने छ। चैत १५ गतेबाट छनौट सुरु हुनेछ। अन्तिम नतिजा चैत २२ गते प्रकाशन गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। छनौट हुनेलाई चैत २८ गतेबाट प्रशिक्षण दिइने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .