नेकपा एमालेले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि रणनीति बनाउन थालेको छ।
त्यसका लागि बुधबारदेखि काठमाडौंमा केन्द्रीय कमिटी बैठक सुरु भएको छ। दशौँ महाधिवेशनपछि बसेको एमालेको यो तेस्रो केन्द्रीय कमिटी बैठक हो।
यो बैठकपछि एमालेले सबै केन्द्रीय सदस्यहरुलाई पालिकासम्म खटाउने भएको छ। एमालेले यसअघि नै केन्द्रमा घोषित रुपमा नगरी स्थानीयस्तरमा अन्य दलसँग तालमेल गर्न सक्ने बताइसकेको छ।
यो बैठकलाई सम्बोधनका क्रममा एमाले अध्यक्ष ओलीले आगामी स्थानीय तह निर्वाचनमा बहुमत ल्याउनुपर्ने कुरा राखेका छन्।
\
81
Shares
प्रतिक्रिया