नेपालले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनल यात्रा तय गरेको छ।
त्रिवि क्रिकेट मैदानमा करण केसीले ह्याट्रिक विकेट लिएपछि पपुवा न्यूगिनीलाई ३७ रनले पराजित गर्दै नेपालले एक खेलअघि नै उपाधि भिडन्त पक्का गरेको हो।
५० औं टी-ट्वान्टी अन्तराष्ट्रिय खेल पूरा गरेको नेपालले उपाधि यात्रा पनि तय गर्यो।
टी-ट्वान्टी फर्म्याटमा अन्तराष्ट्रिय मान्यता पाएको ८ वर्षपछि नेपालले ५० औं टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेको हो।
पहिले ब्याटिङ गरेर नेपालले दिएको २०४ रनको चुनौतीसहित मैदानमा उत्रिएको पीएनजी १९ ओभर ४ बलमा अलआउट हुँदै १६६ रनमा समेटियो।
पराजित पीएनजीका लागि चार्ल्स अमिनीले ६२ रनको शानदार इनिङ खेलेका थिए। तर उनको यो इनिङले मात्रै पीएनजीलाई जिताउन पर्याप्त भएन।
नेपालले अब शुक्रबार हुने मलेसिया र पपुवा न्युगिनीबीच हुने खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ।















Shares

प्रतिक्रिया