यो स्थानीय तह निर्वाचनको इपिसेन्टर बनेको भरतपुरमा नेकपा एमालेले चुनावी सभा गरिरहेको छ।
आइतवार दिउँसो भरतपुरको क्याम्पा चौरमा एमालेले शक्ति प्रदर्शन गरेको हो। सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
चर्को घाम लागेकाले कार्यक्रममा सहभागीहरू छाता, एमालेको झन्डासहित सामग्री ओढेर भाषण सुनिरहेका छन्।
केही दिनअघि त्यहाँ सत्ता गठबन्धनले पनि चुनावी सभा गरेको थियो। भरतपुरमा एमालेका विजय सुवेदी र गठबन्धनकी रेनु दाहालबीच प्रतिस्पर्धा हुँदैछ।
642
Shares
प्रतिक्रिया