नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार तीन जिल्लाका ६ वटा चुनावी सभामा सम्बोधन गरेका छन्।
झापा र मोरङका पाँचवटा चुनावी सभामा बोलेर काठमाडौं फर्किएका ओलीले काठमाडौंको भृकुटीमण्डपमा पनि सम्बोधन गरे।
यो नै स्थानीय तह निर्वाचन अन्तर्गत एमालेको अन्तिम चुनावी सभा हो। मंगलबार राति १२ बजेदेखि शून्य समय सुरु हुँदैछ।
त्यसअघि सोमबार र मंगलबार ओलीले कास्कीदेखि झापासम्म पुगेर ९ वटा चुनावी सभालाई सम्बोधन गरे।
मंगलबार भृकुटीमण्डपमा आयोजित चुनावी सभामा ओली, मेयरका उम्मेदवार केशव स्थापित र उपमेयरकी उम्मेदवार सुनिता डंगोलसहित उपस्थित थिए।
अन्तिम चुनावी सभामा भाइरल म्यान पुण्य गौतमसहित केही नेता कार्यकर्ता एमालेमा प्रवेश गरे।
450
Shares
प्रतिक्रिया