ad ad

फोटोफिचर


मूल्य वृद्धिविरुद्ध एमाले कार्यकर्ताको आन्दोलन (तस्बिरहरु)


विजय सिंह
जेठ १०, २०७९ मंगलबार १७:१०, काठमाडौँ

सरकारले एकै पटक प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले सडक आन्दोलन थालेको छ।

सरकारमा सहभागी दलकै भ्रातृ संगठनहरुले पनि फिर्ता लिन दबाब दिइरहेका बेला प्रमुख प्रतिपक्षी एमालेका भ्रातृ संगठनहरुले आन्दोलन थालेका हुन्। 

एमालेनिकट अनेरास्ववियु र युवा संघ नेपालका कार्यकर्ताहरूले मंगलबार मूल्य वृद्धिविरुद्ध माइती घर मण्डलमा प्रदर्शन गर्दा प्रहरीसँग केहीबेर घम्साघम्सी भयो। 

त्यसक्रममा उनीहरुले 'गठबन्धनको उपहार, महँगी र भ्रष्टाचार'सहितक नारा लेखिएका प्लेकार्ड बोकेका थिए। 

आन्दोलनमा सहभागीहरुलाई प्रहरीले रोक्न खोज्दा केहीबेर तनाव भएको थियो। एमाले कार्यकर्ताहरूले सडकमा गठबन्धन सरकारविरुद्ध चर्का नारा पनि लगाए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .