धर्माे रक्षति रक्षित
प्रकृति रक्षति रक्षित
संस्कृतको यो श्लोक लेखिएको ब्यानर शुक्रबार बिहान ९ बजे नै पशुपतिको मृगस्थलीमा टाँगिएको थियो। केहीबेरमा स्वर्गद्वारी आश्रमका पञ्च बुटिक जम्मा भए। र, स्वस्तिवाचनसँगै सुरु भयो वृक्ष बन्धन।
‘वृक्ष वातावरण र अन्ततः मानिस कै लागि महत्त्वपूर्ण छ,’ वातावरण स्वयंसेवक समूहका सदस्य आनन्द भण्डारीले भने, ‘वृक्षको रक्षा पृथ्वी मात्र होइन। मानवजातिकै लागि हो। त्यसैले रक्षाबन्धन तथा ऋषितर्पणिकै अवसर पारेर हामीले रुखको संरक्षण गरौँ भन्ने सन्देश दिन वृक्ष बन्धन गरेका हौँ।’
‘पशुपति विश्वरुपामा पञ्चपल्लव रोपण गरेका छौँ। एउटै खाल्टोको आठ दिशामा वर, पीपल, चाँप, आँप र डुम्रेसँगै वृक्ष र फलफूललाई बास्नादार बनाउन कपुर रोप्यौँ,’ ज्योतिष तथा वास्तुशास्त्री अर्जुन भुसालले भने, ‘हामीले पशुपतिनाथ, नारायणहिटी, बल्खुको भुवनेश्वरी, चोभारको गणेश, देवघाट, त्रिवेणीधाम, गोरखा दरबार, बुटवलको मणि मुकुन्देश्वर पार्क, जानकी मन्दिरलगायतमा लगाएका पञ्चपल्लव राम्रो हुर्केका छन्। यसरी ग्रहको अवस्थिति अनुसार पञ्चपल्लव रोपण गर्दा दोषबाट मुक्ति पाइन्छ।’
प्रतिक्रिया