प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको पत्र संसद सचिलायले दिएसँगै सर्वोच्च अदालतमा गतिविधि बढेको छ।
एकातिर सर्वोच्चको नियमित फुलकोर्ट बैठकमा चोलेन्द्रको मुद्दा प्रमुख एजेन्डा बनेको छ भने नेपाल बार एसोसियशनका पदाधिकारीहरु पनि छलफलमा जुटेका छन्।
जबरा बुधबार दिउँसो ३ बजे सर्वोच्च अदालतमा हाजिर हुने तयारीमा जुटेपछि बारले आकस्मिक बैठक राखेको हो। बैठकमा बारका काठमाडौंमा उपलब्ध पदाधिकारीहरु सहभागी छन्।
लामो समयदेखि चोलेन्द्रविरुद्ध आन्दोलित बारको पदाधिकारी बैठकपछि अरु वकिलहरु पनि सर्वोच्च अदालतमा जम्मा हुन थालेका छन्।
मंसिर २१, २०७९, बुधबार
171
Shares
प्रतिक्रिया