उपत्यकासहित देशभरका अन्य क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चलिरहँदा प्रदर्शनी मार्गस्थित रत्न राज्यमा भने ताला झुन्डिएको छ।
आइतवार बिहान ९ बजेदेखि देशभरका क्याम्पसमा स्ववियु चुनाव चलिरहँदा रत्न राज्यमा भने विद्यार्थी संगठनको विवादले ताला लागेको हो।
अरु क्याम्पसमा विद्यार्थी तानातान चलिरहँदा अनेरास्ववियुबाट स्ववियु सभापतिका उम्मेदवार मदन भण्डारी आरआर प्रांगणमा साथीहरुसँग गफिइरहेका भेटिए।
‘गठबन्धनले उम्मेदवार छनोट गर्न नसकेर निर्वाचन अधिकृत र क्याम्पस प्रमुखको राजीनामा माग गरे,’ भण्डारीले भने– ‘पाँच जनाले स्वतन्त्र उम्मेदवारी दिइसकेका छन्। केन्द्रीय गठबन्धनबाट समाजवादी अखिललाई सभापतिको भाग परेको छ। नेविसंघ र क्रान्तिकारीले स्वतन्त्र रुपमा उम्मेदवारी दिन सक्ने अवस्था नभएपछि यो बखेडा झिकेर ताला लगाए।'
आरआरमै केही दिनअघि स्ववियु चुनावलाई लिएर विद्यार्थी संगठनबीच खुकुरी हानाहानको अवस्था आएको थियो। यहाँ नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूनिकट एक विद्यार्थी खुकुरीसहित समातिएका थिए।
अन्य विद्यार्थी संगठनले एमालेनिकट अनेरास्ववियुमाथि क्याम्पस प्रशासनसँग मिलेर फर्जी विद्यार्थी भर्ना गरेको आरोप लगाइरहेका छन्।
तर उनीरुकै विद्यार्थीहरुले स्वतन्त्र उम्मेदवारी दिएपछि तनाव भएको थियो।
प्रतिक्रिया