नेपाली टोलीका फरवार्ड नवयुग श्रेष्ठले लाओसविरुद्ध उत्कृष्ट गोल गरेका छन्।
खेलको ५६ औँ मिनेटमा लाओसको पोस्टमा ४० यार्डबाहिरबाट नवयुगले सुन्दर गोल गरेका हुन्।
प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगितामा नेपालले लाओसविरुद्ध अग्रता दोब्बर बनाउँदा घरेलु भूमिमा नवयुगले पहिलो गोल आफ्नो नाममा लेखाए।
नवयुगले राष्ट्रि टोलीबाट आठौँ गोल गरेका छन्। त्यसअघि खेलको २९ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए।
चैत ८, २०७९, बुधबार
प्रतिक्रिया