फोटोफिचर


मेयर्स कपको उपाधिमा ह्याट्रिकपछि मैदानमा एपीएफको खुसी (तस्बिरहरू)


सरोज नेपाल
चैत १६, २०७९ बिहिबार १३:४६, काठमाडौँ

सशस्त्र प्रहरीको एपीएफ क्लबले ललितपुर मेयर्स कप टि– २० क्रिकेट प्रतियोगितामा उपाधिमाथि ह्याट्रिक गरेको छ।

बिहीबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनको फराकिलो अन्तरले हराउँदै एपीएफले लगातार तेस्रो पटक उपाधिमाथि कब्जा जमाएको हो। 

एपीएफले दिएको १ सय ५५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय रन मात्र बनाउन सक्यो। 

लगातार तेस्रोपटक जित हात निकालेको एपीएफका खेलाडीले जितको खुशियालीमा सेलिब्रेसन गरेका छन्। 

जितपछि मैदानमा एपीएफका खेलाडीको खुशीः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .