फोटोफिचर


महानगरविरुद्ध उत्रिए बागमती किनारका सुकुम्बासी (तस्बिरहरु)


सरोज बैजु
चैत २४, २०७९ शुक्रबार १६:५१, काठमाडौँ

काठमाडौं महानगरपालिकाले तीनकुनेस्थित गैरीगाउँ क्षेत्रको बागमती किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव भएको छ। 

महनगरपालिकाले गैरीगाउँस्थित बागमती किनारका अव्यवस्थित बस्तीहरू हटाउने तयारी गरेसँगै प्रदर्शन भएको छ। 

महानगरपालिका बस्ती हटाउन अघि बढेपछि सुकुम्बासीहरु आन्दोलित हुँदा प्रहरीसँग झडपको अवस्था भएको छ। 

सुकुम्बासी बस्तीबासीले महानगरको निर्णयविरुद्ध टायर बालेर विरोध थालेका छन्। 

महानगरले दुई साताअघि नै अवैध बस्ती खाली गराउन सूचना निकालेको थियो। तर त्यो सूचनाअनुसार हट्न नमानेपछि महानगरले हस्तक्षेप गर्ने तयारी गरेको हो। 

यसअघि थापाथलीको सुकुम्बासी बस्ती हटाउन खोज्दा हिंस्रक झडप भएको थियो।  

काठमाडौंका मेयर बालेन्द्र साहले अव्यवस्थित सुकुम्बासी हटाउन संघीय सरकारसँग सहयोग मागिरहेका छन्। तर संघीय सरकारबाट उनलाई सहयोग मिलिरहेको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .