फोटोफिचर


काठमाडौंका काँठ क्षेत्रमा पानीका सफा मुहान (फोटोफिचर)


नेपालखबर
भदौ ३०, २०८० शनिबार १६:५८, काठमाडौँ

काठमाडौंमा पानीको अभाव कस्तो छ भन्ने कुरा यहाँका हरेक नागरिकलाई थाहा छँदैछ। यहाँ पानी किन्न समेत भनेको बेलामा पाइँदैन। अझ पानी ट्याङ्कर छिर्न नसक्ने गल्लीमा रहेका घरहरूमा पानीको कस्तो समस्या होला? यो हामीले कल्पना गर्दा नै पुग्छ।

अभावका साथसाथै सफा पानी पाउनका लागि काठमाडौंबाट उपत्यकाका बस्ती छोडेर काँठ क्षेत्रमा प्रवेश गर्नुपर्छ। काँठ क्षेत्रमा पानीका मुहानहरू शहरी बस्तीमा पाइने पानी भन्दा सफा र स्वच्छ छन्।

तर त्यहाँ पनि घुम्न जाने पर्यटकहरूले आफूले गरेको फोहोर सफा नगरिदिँदा विस्तारै प्रदूषण बढिरहेको छ। त्यसैले पनि हामी सचेत नागरिक बनेर पानीका मुहान र पर्यटकीय गन्तव्यहरुमा गएको बेलामा फोहोर जथाभावी फाल्नु हुँदैन।

यसको समस्या र असर स्वयं हामीलाई नै पर्ने हो। काठमाडौंको शहरी बस्तीबाट केही टाढा रहेको सुन्दरीजलस्थित वागमती नदीको मुहान, भक्तपुरको मुहान पोखरी, ललितपुरको कर्मनासा झरनाको मुहान, काठमाडौं बैडेश्वर झरनाको मुहान, ललितपुरको बाँडेगाँउको झरनाको मुहान काठमाडौं टोखास्थित झरनाको मुहान, भक्तपुरको खरिपाटीमा रहेको झरनाको मुहान साँच्चिकै सफा र स्वच्छ छन्।

न्युज एजेन्सी नेपालले काठमाडौंका सफा र स्वच्छ मुहानका तस्बिरहरू कैद गरेको छः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .