ad ad

फोटोफिचर


बुङमती पाटन ल्याइयो रातो मच्छिन्द्रनाथ (तस्बिरहरू)


सरोज बैजु
माघ १७, २०८० बुधबार १९:८, काठमाडौँ

‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई बुधबार ललितपुरको बुङमतीबाट पाटनको मच्छिन्द्रबहाल मन्दिर ल्याइएको छ।

मच्छिन्द्रनाथलाई बुङमतीबाट ल्याएर पाटनको तःबहाल मन्दिरमा राखिएको छ। 

रातो मच्छिन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङमती राखिने चलन छ। त्यहीअनुसार बुधबार साढे ३ बजेको साइतमा बुङमती मन्दिरबाट तःबहाल मन्दिरमा सारिएको छ।

किम्वदन्तीअनुसार एक पटक गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए।

उनले आसन बनाएर बसेपछि १२ वर्षसम्म वर्षा नभई अनिकाल भयो। त्यसपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा उनी आसनबाट उठी वर्षा र सहकाल हुने स्थानीयले थाहा पाए।

त्यहीअनुसार भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको किम्वदन्ती छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .