फोटोफिचर


अदालतमा अरुण चौधरी र अजितनारायण (तस्बिरहरू)


नेपालखबर
माघ १८, २०८० बिहिबार १७:४४, काठमाडौँ

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका दुईजनालाई अदालतमा उपस्थित गराइएको छ।

१० रोपनी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरी र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई अदालतमा उपस्थित गराइएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदा दुवैले मास्क लगाएका  थिए। 

तर प्रहरीले उनीहरू दुवैलाई हत्कडी भने लगाएको थिएन। अदालतले दुवैलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरूनालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .