७० औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ।
१०४ वर्ष लामो जहाँनिया राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको स्मरण गर्दै प्रजातन्त्र दिवस मनाइएको हो। २००७ साल फागुन ७ गते निरंकुश राणा शासनको अन्त्य भइ देशमा प्रजातन्त्र आएको थियो। सोही दिनको स्मरण गर्दै आज देशैभर प्रजातन्त्र दिवस मनाइँदै छ।
टुँडिखेलमा आयोजित विशेष समारहोमा राष्टिरपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत संवैधानिक निकायका प्रमुख, सुरक्षा निकाय, कर्मचारी, कूटनीति नियोगका प्रतिनिधि लगायतको उपस्थिति थियो।
समारोहमा ७० औँ प्रजातन्त्र दिवसको व्यानरसहित नेपाली सेनाको हेलिकोप्टरबाट पुष्प वर्षा गर्नुका साथै विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। साथै सेनाले मार्च पास गर्नुका साथै हर्ष बढाँइ समेत गरेको थियो।
हेराैँ भिडियो

प्रतिक्रिया