सधैँ भीडभाड र ट्राफिक जामले अस्तव्यस्त हुने काठमाडौँका सडकले वर्षमा एक पटक भने थकाइ मार्न पाउँछन्। त्यो समय हो- दसैँ। दसैँको अष्टमीदेखि दशमीसम्मका तीन दिन काठमाडौँ प्राय: शून्य देखिने गर्दछ। सडकमा गाडीको चाप कम हुन्छ, पसलहरू पनि यथेष्ट खुलेका हुँदैनन्।
त्यस्तै, यस पटकको दसैँको आज नवमी। अघिल्लो दिनको तुलनामा सडकमा सवारी साधनको चाप कम देखिन्छ तर अघिल्ला वर्षहरूको तुलनामा चाहिँ बढी छ।
दसैँको मुखैमा आएको प्राकृतिक विपत्तिका कारण सडक सञ्जाल बिग्रिँदा अघिल्ला वर्षका तुलनामा यस पटक काठमाडौँ छोड्नेहरू घटे। त्यसैको असर सडकमा पनि देखिन्छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार दिउँसोसम्मको तथ्यांकअनुसार यस पटक १३ लाख मानिस काठमाडौँबाट बाहिरिएका छन्। यो सङ्ख्या अघिल्लो वर्ष १८ लाख थियो।
काठमाडौँको भद्रकाली, सिंहदरबार, भृकुटीमण्डप, न्युरोड, सहिदगेट, दरबारमार्ग लगायतका क्षेत्रको दृश्य:
















Shares

प्रतिक्रिया